​गुरुङ समुदायले आज तमु ल्होसार मनाउँदै

काठमाडौं १५ पुस । गुरुङ समुदायले नयाँ वर्षको रुपमा आज तमु ल्होसार मनाउँदै छन् । बाँदर वर्षको समाप्ति र चरा बर्षको आरम्भ भएको दिनका रुपमा गुरुङ समुदायले विशेष कार्यक्रम गरेर ल्होसार मनाउँदै छन्।

काठमाडौंको टुडिखेल तथा देश अन्य क्षेत्रहरुमा पनि गुरुङ समुदायले आज ल्होसार मनाउँदैछ । काठमाडौंमा हुने कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु समेत सहभागि हुनेछन्।

यसैवीच राष्ट्रपति बिद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ल्होसारका अवसरका शुभकामना दिएका छन् । ल्होसारले आपसी सद्भाव, शान्ति र स्थायित्व पु¥याउने उनीहरुको शुभेच्छा छ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि ल्होसारको शुभकामना दिएका छन् ।

सम्बन्धित शिर्षकहरु