असार २४ । हङकङ, जुहाइ र मकाउलाई जोड्ने सबैभन्दा लामो समुद्री पुलको मुख्य संरचना निर्माणसम्पन्न भएको छ । २९.६ किलोमिटर लामो सो संरचना सात वर्षमा निर्माण सम्पन्न भएको हो । २९.६ किलोमिटरमध्ये २२.९ किमी पुल र ६.७ किलोमिटर सुरुङ मार्ग रहेको छ । पुलमा ४ लाख २० हजार टन स्टिल प्रयोग भएको जनाइएको छ जसबाट ६० ओटा आइफेल टावर निर्माण गर्न सकिन्छ । त्यस्तै हालसम्म पुलमा १० लाख क्युबिक मिटरभन्दा बढी सिमेन्ट प्रयोग भइसकेको छ । पुल निर्माणपछि हङकङ र जुहाइबीचको यात्रा समय ३ घण्टाबाट ३० मिनेटमा झर्नेछ । पुलको सबै खाले परिक्षणहरू सकिएकाले यसलाई केही महिनामै प्रयोगमा ल्याउने तयारीमा रहेको सो पुलको व्यवस्थापकीय निर्देशक झु योङलिङले बताउनु भएको छ ।
सम्बन्धित शिर्षकहरु
मलेसियामा श्रमिकको तलव बढ्दै, लाखौँ नेपाली कामदार लाभान्वित
काठमाडौं । नेपाली श्रमिकका लागि रोजगारीको प्रमुख गन्तव्य मुलुक मलेसियामा स्वदेशी तथा विदेशी श्रमिकहरुको […]
डिभी भर्ने तयारीमा हुनुहुन्छ ? फेरियो नियम,पासपोर्ट अनिवार्य,यस्तो अमेरिकी सरकारको निर्देशिका
काठमाडौं । आगामी आर्थिक बर्षका लागि अक्टोबर २ देखि डिभी लोटरी खुल्ने भएको छ । अमेरिकी सरकारको विदेश […]
पर्यटकहरुलाई पनि प्रवेशाज्ञा दिने साउदी अरबको निर्णय,सर्त भने कडा
रियाद । साउदी अरबले पहिलो पटक पर्यटकहरुलाई पनि प्रवेशाज्ञा दिने निर्णय गरेको छ । अति रुढीवादी मुस्लीम मुलुक […]
मोदीले लिए दोस्रो कार्यकालका लागि सपथ,पार्टी अध्यक्षलाई बनाए मन्त्री
काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ दोस्रो कार्यकालका लागि सपथ लिएका छन् । स्थानीय […]
जम्मू-काश्मीर घटना: भारत विश्वस्तरबाट एक्लिँदै,भारतलाई पाकिस्तानले क्षति पुर्याउन सक्छ ?
काठमाडौं । जम्मू कश्मीरलाई दिइएको विशेष संवैधानिक मान्यता खारेज गरी केन्दशासित प्रदेश बनाउने भारत सरकारको […]
विश्वकै धनी मानिसको २५ वर्षको सहयात्रा:सम्बन्धविच्छेद ३८ अर्ब नेपाली रुपैयाँमा टुङ्गियो
एजेन्सी । संसारका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस र उनकी पत्नी मक्केन्जी अहिलेसम्मकै सबैभन्दा महँगो ३५ बिलियन […]


