उपचारका लागि लखनउ लगियो
काठमाडौँ । युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार भएको छ ।
युवा संघ नेपालका नेतामाथि निरन्तर आक्रमण सुरु भएको छ । रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको एक हप्ता नवित्दै फेरि युवा संघका केन्द्रीय कमिटी सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार भएको छ । युवा संघका प्रवक्ता प्रभातविक्रम कटुवालले दिएको जानकारी अनुसार बुढाथोकीलाई राती ९ बजे बाँकेको कोहलपुरमा खुकुरी प्रहार भएको हो । उनको घाँटीमा खुकुरी प्रहार भएको छ ।
उनलाई तत्कालै हेलिकोप्टरबाट काठमाडौँ ल्याउने तयारी भए पनि संभव नभएकाले उनलाई लखनउ लगिएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको कटुवालले जानकारी दिए ।
‘नेकपा एमालेको आन्दोलनबाट त्रसित भएकाहरुले आन्दोलन कमजोर बनाउँन निरन्तर युवा संघका नेता–कार्यकर्तामाथि प्रहार प्रहार गरेका छन्,’ कटुवालले भने, ‘यस्ता प्रहारले हाम्रो आन्दोलन कमजोर बन्दैन ।
’ उनले बुढाथोकीको हत्या प्रयास गर्ने हत्यारालाई सरकारले तत्काल खोजि नगरे कडा आन्दोलन गर्ने चेतावी दिए । उनले राष्ट्रघाती संविधान संशोधन प्रस्तावको विरुद्धमा एमाले उभिएपछि निरन्तर एमालेमाथि प्रहार भएको भन्दै तत्काल त्यस्ता कार्य बन्द गर्न चेतावनी पनि दिए ।








