पूर्वराजाले बोल्न् किन नपाउने ?

काठमाडौं ११ पुस । पूर्वराजा ज्ञानेन्द्रले मुलुकलाई विभाजनबाट बचाउन सार्वजनिक  आग्रह गरेलगत्तै दरबार हत्याकाण्ड छानबिन गर्न सकिने भनि दिएको उपप्रधान तथा गृहमन्त्री  विमलेन्द्र निधिको अभिव्यक्तिप्रति नेपाली कांग्रेसका केही नेताहरूले आपत्ती जनाएका छन्।  यो खबर हामीले आजको अन्नपूर्णपोष्टबाट लिएका हौ।

पूर्वराजा या कसैको पनि अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज पुर्‍याउन नहुने र त्यसो गर्नु कांग्रेसकै सिद्धान्त र मान्यताविपरित हुने चेतावनी कांग्रेसका वरिष्ठ नेताहरूले निधिलाई दिएका छन्। पार्टीको उद्धेश्य र नीतिअनुरूपको संयमपूर्ण राजनीति नतोड्न र बोल्न पाउने अधिकारबाट कसैलाई बञ्चित नगर्न पनि उनीहरूले मन्त्री निधिलाई सचेत गराएका छन्।

सम्बन्धित शिर्षकहरु