पार्टी भित्रैबाट दवाव आएपछि पर्यटनमन्त्री अमात्यले राजीनामा दिए

काठमाडौं,पार्टीको नेतृत्वहरुबाट दवाव आएपछि नागरिक उड्ययन तथा पर्यटनमन्त्री दीपकचन्द्र अमात्यले आफ्नो पदबाट राजीनामा दिनु भएको छ ।प्रधानमन्त्री सुशील कोइरालालाई राजीनामा पत्र बुझाइसक्नु भएको एमालेका नेताहरुले बताएका छन । एमालेले तत्कालीन मन्त्री भीम आचार्यलाई फिर्ता बोलाएर अमात्यलाई मन्त्री बनाएको थियो । अमात्यले पार्टी अध्यक्ष केपी ओलीलाई जानकारी गराएर रजिनामा दिनु भएको श्रोतले जनाएको छ ।

मन्त्रालय अन्तरगतका पर्यटन बोर्ड, नेपाल एयरलाइन्स, नागरिक उड्ययन प्राधिकरण लगायतका निकायमा हुने नियुक्तिका लागि पार्टी नेताहरुले मन्त्री आचार्यलाई दबाव दिएपछि अमात्यले राजिनामा दिनु भएको बुझिएको छ ।
एमालेले नयाँ मन्त्रीको नाम सिफारिस गरेपछि मात्र अमात्यको राजीनामा स्वीकृत हुनेछ । एमालेमा नयाँ मन्त्रीका लागि कृपाशुर शेर्पा र सोमप्रसाद पाण्डेलाई नियुक्त्त गरिने संभावना रहेको छ ।

सम्बन्धित शिर्षकहरु