एजेन्सी । बलिउडमा अहिले एकजना नायिकाको खुबै चर्चा छ । नायक टाइगर श्राफकी प्रेमिकाको रुपमा चर्चामा रहेकी दिशापटानीले अहिले बलिउडमा खुबै चर्चा पाइरहेकी छिन् ।
चलचित्र ‘धोनीः द अनटोल्ड स्टोरी’बाट बलिउडमा डेब्यू गरेकी दिशाको सुन्दरता र अभिनयको अहिले लाखौ फ्यान छन् । उनले चर्चित म्यूजिक भिडियो र विज्ञापनमा काम गरेकी छिन् । सन् २०१६ मा दिसा बलिउडका अन्य नायिकाहरुलाई उछिन्दै ‘टप ट्रेन्डिङ अभिनेत्री’को सूचीमा पहिलो नम्बरमा आएकी छन् ।
दिशाले फेसबुक वा ट्विटरमा पोष्ट गरेका भिडियो वा तस्बिरले लाखौ दर्शक पाएका छन् । जसले गर्दा पनि दिशालाई गुगलको ‘टप ट्रेन्डिङ’ नायिकाको उपाधी मिलेको हो ।








