अस्ट्रेलिया । नेपालका आदिवासी जनजातिहरुको अष्ट्रेलियन संगठन आदिवासी जनजाति मञ्च अष्ट्रेलियाको अध्यक्षमा अरुणकुमार तामाङ चयन भएका छन् । नयाँ साधारणसभाबाट अध्यक्षमा उनी चयन भएका हुन्।सिड्निको असबुरि सिनियर भवनमा आयोजना गरिएको अधिबेसनमा अरुण कुमार तामाङको नेतृत्वमा २० जनाको कार्यसमिती सर्बसहमती बाट तय गरिएको थियो ।
निन्फाले दिएको जानकारी अनुसार संस्थाले प्रमुख सल्लाहकारमा गणेश तामाङ, सल्लाहकारमा शशि रार्इ, निमा शेर्पालाई चयन गरेको छ । यसैगरी यसअघिका अध्यक्ष चित्र बहादुर तुम्बाहाम्फेलाई ओशियना संयोजक तोकिएको छ ।
त्यस्तै उपाध्यक्षमा आवद्ध विभिन्न संघ -संगठनका अध्यक्षहरु पदेन रहनेछन् । नवनिर्वाचित कार्यसमितिका अन्य पदाधिकारीमा महासचिव, कर्ण राजवंशी सचिवस् लिल बहादुर गुरुङ, कोषाध्यक्षस् शशि सुब्बा लिम्बु, सह( कोषाध्यक्षस् फुर्बा छिरिङ तामाङ, सास्कृतिक सचिवस् सबिना लामा सहसास्कृतिक सचिवस् रघु जुगजाली, पब्लिक अफिसरस् सुदिप गौचन, कार्यक्रम संयोजकमा राम कुमार राइ सिप्तुङ्खा, आईटि संयोजकमा आशिस लोहारुङ, सदस्यस् लक्ष्मण गुरुङ, योगेन्द्र राइ, छिरिङ लामा शेर्पा, सन्जय लामा तामाङ, गौ पुर्जा मगर, पदम छन्त्याल, दिपन्द्र चौधरी, छल बहादुर मगर, ओम कुमार राइ रहेका छन् भने आवश्यकता हेरी अन्य सदस्य थप गर्न सकिने पनि संस्थाले जनाएको छ ।
लामो संस्थागत ईतिहास बोकेको निन्फाले जातिय समानता लगायत , विभिन्न मानव अधिकारका क्षेत्रमा आफुलाई सारीक गराउंदै आएको छ ।
सो अवसरमा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, एनआरएनए ओसियाना संयोजक महेन्द्र लम्साल, जन सम्पर्क समिति अस्ट्रेलियाका अध्यक्ष सन्तोष सिटौला, जनप्रगतिशिल मंचका हिमलाल गैरे, अन्तर्राष्ट्रिय नेपाली समाजका बिनोद पौडेल लागएत बिभिन्न संघ संस्था र समुदायका प्रतिनिधिहरुको उपस्थीती रहेको थियो । उक्त अधिबेशन कार्यक्रम संस्थाका पुर्ब अध्यक्ष एबं समाजसेवी गणेश तामांगको प्रमुख आथित्यतामा र नेपाली कांग्रेसका नेता नब राज गुरुङ आथित्यतामा संपन्न भएको निन्फाले जनाएको छ ।
लामो संस्थागत ईतिहास बोकेको निन्फाले जातिय समानता लगायत , विभिन्न मानव अधिकारका क्षेत्रमा आफुलाई सरीक गराउंदै आएको छ ।








