महेश्वर शर्मा , सिड्नी।
संयुक्त राष्ट्र संघले ‘वर्ल्ड पिस काउन्सिल ‘(डब्लु पि सि )को विश्व सम्मेलनका वक्ताका रुपमा एक नेपाली अध्यात्मिक युवा लाई छनोट गरेको छ ।आईतवार ,२०१६ डिसेम्वर ४ मा , युरोपको प्राग (चेक रिपब्लिक )मा भएको विश्व सम्मेलनका लागि योग मार्फत शान्ति र सकारात्मक सोचका प्रचारक को रुपमा चिनिनु हुने आचार्य राजन शर्मा (भीमसेन सापकोटा )लाई यसरि चयन गरेको हो ।
सो सम्मेलनमा विश्वका १७० राष्ट्रले भाग लिएका छन।विश्व शान्ति सम्मेलनमा एक नेपालीलाई वक्ताको रुपमा निमन्त्रणा दीइनु ले नेपालको पहिचान विस्तारमा थप सहयोग पुग्ने अपेक्ष्या गरिएको छ । आचार्य राजन शर्माले सो सम्मेलनमा सम्बोधन गर्दै योग बाट विश्वमा नै शान्ती ल्याउन सकिने बताउनुभयो।साथै उहांले अब पश्चिमी देशहरुलाई पूर्विय दर्शनमा रहेको योग र ध्यान सिकाउनु पर्नेमा जोड दिनुभयो।
संयुक्त राष्ट्र संघ ले विगत केही वर्ष यता विश्व योग दिवस मनाउने निर्णय गरे पछि यसलाई १७० भन्दा बढी देशले अनुमोदन गरेका छन।यस पटक को विश्व शान्ति सम्मेलनको प्रमुख विषय ‘योगा फर नन भोइलेन्स एण्ड पिस ‘रहेको छ । सम्मेलनमा विश्वका विभिन्न राष्ट्र प्रमुख हरूको समेत उपस्थिती रहेको छ ।
संचारकर्मि तथा नेपाल फिजी गणतान्त्रिक सद्भावाना राजदुत समेत रहनु भएका सापकोटा विगत लामो समय देखि योग , पुर्वीय विज्ञानको प्रवर्द्दनमा विभिन्न देशमा ‘सकारात्मक सोचका प्रेरणात्मक कार्यक्रम प्रस्तुत गर्दै आउनु भएको छ। । उत्प्रेरक वक्ता को रुपमा चिनिने सापकोटा साहित्यममा समेत विशेष दख्खल राख्नुहुन्छ ।


















