हभावना, १५ मङ्सिर । क्युवा क्रान्तिका सर्वोच्च नेता तथा पूर्वराष्ट्रपति फिडेल क्याष्ट्रोकोे सोमबार भावपूर्ण श्रद्धाञ्जलि सहित अन्त्येष्टि गरिएको छ ।
उनका भाइ तथा राष्ट्रपति राहुल क्याष्ट्रो, कम्युनिष्ट पार्टीका शीर्ष नेता र सरकारी उच्च अधिकारीहरुले उनलाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको राज्य नियन्त्रित टेलिभिजनले जनाएको छ ।
उनको अन्त्येष्टिका बेला क्युवाको सेनाले उनको फोटो अगाडी राखेर एक मिनेट मौनधारण सहित उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेको थियो ।
अन्त्येष्टि समारोहमा उनका भाइ तथा राष्ट्रपति क्याष्ट्रोले उनलाई सेतो गुलाफ चढाएका थिए भने चर्चित लडाकू कमान्डर रमिरो भल्डेस र गुइलेर्मो गर्सियाले पनि सर्वोच्च नेतालाई श्रद्धाञ्जलि सहित बिदाइ गरेका छन् ।
फिडेलका भक्त तथा अनुयायी राहुलले सन् २००० देखि राष्ट्रपति पदको जिम्मेबारी लिएका थिए ।
सर्वोच्च नेता क्याष्ट्रोको गत शुक्रबार ९० वर्षको उमेरमा निधन भएको हो । उनको अन्तिम बिदाइका लागि हजारौँ क्युबाली जनता सोमबार प्रमुख स्थानमा भेला भएका थिए । उनीहरुले उनलाई समाजवादी सिद्धान्तका अथक योद्धाका रुपमा स्मरण गरेका छन् ।







