प्रधानमन्त्री दाहालबाट सचिवहरूलाई कडा निर्देशन

काठमाडौँ, ६ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपछिको पुनःनिर्माणलगायतका काममा यसअघि आफूले दिएका निर्देशनको सन्तोषजनक पालना नभएको भन्दै आज कडा निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नेपाल सरकारका मुख्यसचिव डा सोमलाल सुदेवीसहित विभिन्न मन्त्रालयका सचिवलाई बोलाई उनले सरकारको प्राथमिकता र जनजीविकाका सवालमा परिणाममूलक काम गर्न निर्देशन दिएका हुन् ।

यसअघि प्रधानमन्त्री दाहालले गत साउन २३ गते सरकारको बजेट, नीति तथा कार्यक्रमलाई ध्यानमा राखेर तत्कालीन सुधारका कार्ययोजना ल्याउन निर्देशन दिएका थिए । सरकारले संविधानको कार्यान्वयन, पुनःनिर्माण, निर्वाचनसम्बन्धी कानुन निर्माणलगायतमा प्राथमिकता दिँदै आएको छ ।

प्रधानमन्त्री दाहालका प्रशासकीय सल्लाहकार नारायण दाहालले परिणाममूलक कामका लागि तत्काल कदम चाल्न कडा निर्देशन दिएको पत्रकारहरुलाई बताए। “जुन ढङ्गले काम हुनुपथ्र्यो, त्यो रुपमा भएन, यसका लागि मेरो कार्यालयबाट के सहयोग चाहिन्छ गरिन्छ तर सन्तोषजनक रुपमा काम हुनुपर्छ” – प्रधानमन्त्री दाहालले भनेका थिए । आफ्ना निर्देशन पालनाबारे प्रधानमन्त्री कार्यालयबाट अनुगमनसमेत गरिने प्रधानमन्त्रीले जनाएका थिए।

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्रीमा नियुक्त भएको ४५ दिनभित्र भूकम्पपीडितको निजी आवास निर्माणको अनुदान पीडितको हातमा पु¥याउन र तीन महिनाभित्र ग्रामीण भेगमा चिकित्सक पठाई सेवा दिन निर्देशन दिएका थिए ।

सम्बन्धित शिर्षकहरु