महेश्वर शर्मा
सिड्नी,अष्ट्रेलिया
सिड्नीमा हुन लागेको एक भब्यकार्यक्रम “जीवन परिवर्तन गराउने सकारात्मक सेमिनारको तयारी पुरा भएको छ।सो कार्यक्रममा सरल जीवनको लागि उत्प्रेरणा प्रदान गर्ने रोचक वाणिहरू प्रस्तुत हुनेछन भने जीवनको वास्तविक आनन्द कसरी लिनेभन्ने जीवनका अमुल्य सुत्रहरू सो अवसरमा चर्चा हुनेछन।
दैनिक कामको ब्यस्तता,चुनौतिपूर्ण जिम्वेवारी,हतारको जिन्दगीमा कसरि शान्ति र सुख प्राप्त हुन्छ,तनावलाई कसरि नियन्त्रण गर्ने भन्ने सकारात्मक उर्जाले भरिएको अभिव्यक्तिको प्रस्तुति हुनेछन। सो कार्यक्रमका मुख्य प्रेरक वक्ता सकारात्मक सोचको अभियन्ता भीमसेन सापकोटा (आचार्य राजन शर्मा ) हुनुहुन्छ।
उहांले नेपाल,भारत,अमेरिका,क्यानडा,जापान, अष्ट्रेलिया,फिजी तथा भरखरै सिंगापुरमा योग ध्यान तथा अध्यात्मिक प्रवचन दिनुभएको छ।”द माइण्ड पावर विश्व सान्जालले गर्न लागेको सो कार्यक्रममा नेपाली युथ फ़ोरम अष्ट्रेलियाको सहयोग रहने छ।सिड्नी स्थित हर्षभिलमा रहेको सिभिक थिएटरमा यहि अक्टोबर १५ शनिबार बिहान १० बजेबाट शुरुहुने सो कार्यक्रममा सकारात्मक सोच , सुख का यौगिक सुत्रहरू , हांस्य योग, जीवनका सकारात्मक सुत्रहरु सो अवसरका आकर्षण हुनेछ्न्।
सो कार्यक्रमका बिशेष आकर्षणहरुः
१.तपाईंमा रेहेको निराशा, दिक्दारि र हतोत्साहि पन हटाउने मनो वैज्ञानिक सुत्रहरूको प्रतुति ।
२.विभिन्न रोग संङ सम्वन्धित उपचारक योग,हांस्य चिकित्साका कार्यक्रम ।
३.विध्यार्थी,व्यापारी,पेशाकर्मी र जेष्ठ नागरिकका लागि आत्म बलबढाउने सफलता र सुखका सुत्रहरूको प्रस्तुति ।
४.जीवन परिवर्तन गर्ने रोचक र सकारात्मक उर्जाले भरिएको अभिव्यक्तिको प्रस्तुती
निशुल्क प्रवेश रहेको सो कार्यक्रम १५ अक्टोबर २०१६ शनिबार बिहान १० बजे देखि ११:३० सम्म हुनेछ। सो कार्यक्रममा नेपाली समुदायको बाक्लो उपस्थिती रहने आयोजकले बताएको छ। साथै कार्यक्रममा सहभागि भई सो अवसरको लाभ लिन सबैमा आव्वहान गरिएको छ। साथै थप जानकारीको लागि विदुर सापकोटा :
0434570379 ,0412478312
महेश्वर शर्मा :0425800382 अथवा ईमेल :fivedimensionvedic@yahoo.com ) मा संपर्क गर्न सकिने छ ।










