वासिङ्टन डिसी, क्यान्सर संक्रमणबाट ग्रसित पूर्व राष्ट्रपति डा रामवरण यादवको श्वास्थ्य अवस्था ठीक हुँदै आएको छ ।
अमेरिकाको डेट्रोएटमा रहेको हेनरी फोर्ड अस्पतालमा उपचार गराइरहनुभएका पूर्व राष्ट्रपति यादवमा देखिएको क्यान्सर रोगको संक्रमण हटेर गएको उहाकी छोरी अनिता यादवले सोमबार जानकारी दिनुभयो ।
यादव यतिबेला पनि अस्पतालका डाक्टरको निगरानीमा अस्पतालमा रहनु भएको छ ।
यादवकी छोरी अनिताका अनुसार गत अक्टोबर २ तारिखमा गरिएको सफल शल्यक्रियापश्चात् उहाँ अस्पतालको अतिथि गृहमा चिकित्सकको निगरानीमा रहनुभएको छ ।
पूर्वराष्ट्रपति यादवलाई उहाँलाई प्रोटिनयुक्त खानेकुराका साथमा आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् ।
गत अक्टोबर २ तारिखको दिन डा मनि मेननको नेतृत्वमा रहेको चार सदस्यीय टोलीले पूर्वराष्ट्रपति यादवको प्रोस्टेटको शल्यक्रिया गरेकोे थियो ।
रोवोटिक सर्जरी प्रविधिमा आधारित उक्त शल्यक्रिया करिब चार घन्टामा सकिएको थियो । यादव अब अक्टोबरको अन्तिम साता नेपाल फर्किने छोरी अनिताले जानकारी दिनुभयो ।








