सिड्नीमा “प्रवासको साहित्य र पत्रकारिताका बिषयमा” अन्तरक्रिया कार्यक्रम सम्पन्न

महेश्वर शर्मा
सिड्नी,अष्ट्रेलिया

 

नेपाली पत्र र साताको साहित्यको आयोजनामा सिड्नीमा “प्रवासको साहित्य र पत्रकारिताका बिषयमा” अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोग्रा स्कुल अफ आर्ट्स कोग्रामा भएको सो कार्यक्रममा युवा साहित्यकार बुद्धिसागर र पहिलो पोष्टका सम्पादक उमेश श्रेष्ठको सहभागीतामा अन्तरक्रिया कार्यक्रम भएको हो। नेपाली पत्रका सम्पादक ऋषि आचार्यले संचालन गर्नुभएको सो कार्यक्रममा लेखक अमित श्रेष्ठको को नयां कृती “द फल्ट ” बिमोचन गरिएको थियो। imageसो कार्यक्रममा पहिलो नेपाली ब्लगको रुपमा माइ संसार सुरु गरेका पत्रकार उमेश श्रेष्ठले माइ संसार ब्लग शुरु गर्दाका अनुभव साथ साथै पत्रकारिताका अनुभवहरु दर्शकमाझ सुनाएका थिए। यसैगरि युवा साहित्यकार बुद्धिसागरको प्रकासित उपन्यास कर्णाली ब्लुज र फिरफिरेमा पाठकहरुले राखेको जिज्ञाशाको उत्तर साहित्यकार बुद्धिसागरले दिएका थिए।पत्रकारिताका विषयमा अन्तरक्रिया,कविता बाचन, पुस्तक विमोचन र पुस्तकमा हस्ताक्षर रहेको सो कार्यक्रम । २५ सेप्टेम्बर २०१६ आईतबार दिउसो १२ :३० बजे देखि सुरुभएको थियो ।युवा साहित्यकार बुद्धिसागरको प्रकासित उपन्यास कर्णाली ब्लुज र फिरफिरे औधि रुचाईएका पुस्तकहरु हुन।सिड्नीमा रहेका थुप्रै साहित्यकारहरुको सहभागितारहेको सो कार्यक्रममा विभिन्न संग संस्थाहरुबाट आएका व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो।imageimage

सम्बन्धित शिर्षकहरु