अस्ट्रेलियामा पनि ‘छक्कापञ्जा’

नेपाली रजतपटमा धमाका मच्चाइरहेको चलचित्र ‘छक्कापञ्जा’ अस्ट्रलियामा पनि प्रदर्शनमा आउने भएको छ । चलचित्र २३, २४ र २५ सेप्टेम्बरका दिन इभेन्ट सिनेमाज हस्र्टभिलमा प्रदर्शन गरिने वितरकहरुले जानकारी दिएका छन् । बढ्दो वैदेशिक रोजगारीलाई आधार बनाएर निर्माण गरेको चलचित्रले नेपाली सिनेमा घरहरुमा राम्रै व्यापार गरिरहेको छ ।
हास्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र छक्कापञ्जा हास्यप्रधान चलचित्र हो ।

सम्बन्धित शिर्षकहरु