सिड्नीमा दयाहाङ राई संग कार्यक्रम “प्रेस मिट एन्ड ग्रिट”कार्यक्रम सम्पन्न ।

महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया

नमस्ते ईन्टरटेन्मेन्टको प्रस्तुतीमा सिड्नीमा दयाहाङ राई संग कार्यक्रम “प्रेस मिट एन्ड ग्रिट”कार्यक्रम सम्पन्न भएको छ। नेपाली चलचित्र क्षेत्रमा एक छुट्टै पहिचान बनाउन सफल नायक दयाहाङ राई संगको प्रेस मिट एन्ड ग्रिट”कार्यक्रम ३७० प्रिन्सेस हाईवे थर्ड आई बिस्ट्रोमा भएको हो। कार्यक्रममा सिड्नीमा रहेका पत्रकारहरु,विभिन्न संघ संस्थाहरुबाट आएका व्यक्तिहरु,तथा थूप्रै दर्शकमहानुभावहरुको बाक्लो उपस्थिती रहेको थियो।imageउक्त कार्यक्रममा पत्रकारहरुले राखेको जिज्ञाशाको उत्तर नायक राईले दिएका थिए भने सो कार्यक्रममा चलचित्र बीर विक्रमकोलागि सहयोग पुर्याउने विभिन्न मेडिया संग संस्थाहरुलाई “सर्टिफिकेट अफ एप्रिसेसन” प्रदान गरिएको थियो। यस्तै १६ सेप्टेम्बर शुक्रबार सांझ ६ बजे दयाहाङ्ग राई संगै रेड कार्पेट प्रिमियर शो सुरु हुने छ।जर्ज स्ट्रिट,टउन हलको ईभेन्ट सिनेमा मा हुने उक्त सो कार्यक्रममा उल्लेख्य नेपाली दर्शकहरुको सहभीगिता हुने जनाईएको छ। imageचलचित्र प्रदर्शनमा लागेका गोविन्द भण्डारीले असनेपाल न्युज संग कुरा गर्दै यो चलचित्रलाई दर्शकहरुले औधि मनपारउने विश्वस्त रहेको वताए।भण्डारीका अनुसार १७ सेप्टेम्बरमा ईभेन्ट सिनेमा बरहुड,१८ सेप्टेम्बरमा ईभेन्ट सिनेमा हर्सभिल मा सांझ ६ बजेबाट सुरु हुनेछ। चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र बीर विक्रममा दयाहाङ राई,अर्पण थापा, अनुप विक्रम शाही, दिया पुन, लगायतको मुख्य भूमिका रहेको छ। ताराप्रकाश लिम्बुको संगीत, रेनशा वान्तवा राइको कोरियोग्राफी,रहेको चलचित्रमा राम कुमार केसीले छायांकन गरेका हुन।चलचित्रलाई यम थापाले लेखेका हुन् भने सो चलचत्रलाई मिलन चाम्सले निर्देशन गरेका छन। –image

सम्बन्धित शिर्षकहरु