काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्पलार्इ ढोंगी भन्दै कटाक्ष गरेका छन् । दी गार्जियनको अनलाइन संस्करणमा बुधबार जनाइएअनुसार फिलाडेल्फियाको एउटा चुनाबी सभामा राष्ट्रपति ओबामाले ट्रम्पलार्इ संकेत गर्दै भने–जिन्दगीभर कामदार वर्गबाट टाढा रहेको व्यक्ति अहिले उनीहरूको हितैषी हुन खोज्दैछ ।
आफू हिलारी क्लिन्टनलार्इ विजयी बनाउन साँच्चै नै इच्छुक भएको पनि उनले बारम्बार दोहोर्याए ।
यसैबीच हिलारी क्लिन्टन शुकवारसम्ममा चुनाव अभियानमा पुनः सक्रिय हुने जानकारी दिइएको छ । सोमवार साँझ उनले टेलिफोन अन्तर्वार्ता दिएकी थिइन् ।








