काठमाडौं, २१ भदौ । सरकारले भूकम्पपीडितलाई घर निर्माणका लागि अनुदानबापत दिने दुई लाखमा एक लाख रुपैयाँ थप गर्ने भएको छ ।
प्रधानमन्त्री प्रचण्डले भूकम्पपीडितलाई एकलाख रुपैयाँ थप गर्ने विषयमा केही दिनमै निर्णय हुने बताएका छन्।
संसदको विकास समितिमा सोमबार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले पीडितको सपना साकार बनाउन एक लाख रुपैयाँ अनुदान थप गर्ने तयारी भएको बताएका हुन् ।
प्रचण्डले पीडित परिवारलाई अनुदानबापत तीन लाख र सामूहिक जमानीमा निब्र्याजी ऋण दुई लाख गरी पाँच लाख रुपैयाँ दिने जानकारी दिए । आजको नागरिकमा यो खबर छ ।









