

वाल्यकाल देखिनै प्रतिभाशालि ब्यक्तिको रुपमा परीचित इन्जिनियर कृष्ण भद्र अर्याल ले नेपाल इन्जिनियर्स एसोसिएसनको ३१औँ कार्यकारिणी समिति तथा नेपाल इन्जिनियरिङ परिषद्को सदस्यको निर्वाचनका लागि उम्वेद्वारी दिएका छन्। नेकपा (माओवादी केन्द्र) समर्थित नेपाल राष्ट्रिय इन्जिनियर समूह(NEON )तर्फबाट NEA को उपाध्यक्ष पदका उम्मेदवार , अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रिय सचिव तथा पुर्बान्चाल बिश्वबिद्धालय का सह-इन्चार्ज इन्जिनियर कृष्ण भद्र अर्याल यति बेला आ-फ्ना लोकप्रिय सवाल सहित अघि बढेको संगठनका सदस्यहरूको प्रतिकृया छ । सिन्धुपाल्चोक जिल्लाको थकनिमा जन्म भई समाजसेवा , विथ्यार्थी सहयोग , भुकम्प पीडितलाई सहयोग गर्दै आफ्ना सेवाको हात अगाडि बढांउदै हिंडेका छन्। वाल्यकाल देखि नै तिक्ष्ण बुद्दि र प्रतिभाशालि ब्यक्तिको रुपमा परिचित अर्यालले भुकम्प पीडितका लागि गैर आवसिय नेपाली संघ एन आर एन , फिजी युनाइटेड कम्युनिटि , एन आर एन अध्यक्ष शेष घले , नेपाल फिजि सद्भभावना राजदुत भीमसेन सापकोटा , विभिन्न निकाय सँग समन्वय गरि प्रभावित जिल्ला मा आफ्नो ज्यान जोखिम राखेर सहयोग पुर्याएका थिए ।पीडितका घरहरूलाई निशुल्क सर्वेक्षण र सहयोग गर्दै आएका अर्यालकै कारण करिव ५ हजार पीडितहरू लाभान्वित बनेका थिए ।
आफ्नो उम्वेद्वारी आफ्नो माग भन्दा पनि समुदाय , समिति र समायको चाहना भएको उनको प्रतिकृया छ । समाज सेवाका लागि पद को जरूरी नहुने बताउने अर्याल अगुवा छान्दा भने योग्य हुनुपर्ने बताउंछन्।
विसं २०१९ मा स्थापित एसोसिएसनमा अहिले करिब १२ हजार इन्जिनियर छन् । काठमाडौँलगायत देशभरिका ११ प्रमुख सहरमा एकै दिन निर्वाचन हुनेछ ।राष्ट्रिय समूहबाट उपाध्यक्षका उम्मेदवारमा कृष्णभद्र अर्याल, महासचिवमा तारानाथ सापकोटा, उपमहासचिवमा गोकुल पौडेल र कोषाध्यक्षमा रामएकवल यादव छन् ।
“इञ्जिनियर हरुकाे चुनाव देश निर्माणकाे चुनाव हाे। याे कुनै पेशागत चुनाव मात्र हाेइन्। एक क्षण मात्र साेचेर नियाल्नूस्त, देश निर्माणकाे परिभाषा!!! एकदम कठिन छ, साेच्नलाई। याे साेच्नकाे लागि देशी र विदेशी राजनिती सबै बुझेकाे हुनूपर्छ।”-भन्दै विभिन्न विभिन्न विध्यार्थिले फेसबुक मा अर्यालको समर्थनमा आ-आफ्न धारणा राखेका छन्।








