संखुवासभामा छ नाबालिका र चार महिला बलात्कृत

चैत ११ । संखुवासभा,आठ महिनाको अवधिमा संखुवासभाको बिभिन्न गाँउमा १० जना महिला तथा बालिका बलात्कृत भएका छन् ।
साउनदेखि फागुनसम्म ६ नाबालिका र ४ महिला बलात्कृत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा डीएसपी कमल थापाले बलात्कारको घटना बढेको जानकारी दिनु भएको हो । उनीहरु घरभित्र, जंगल र सार्वजनिक स्थलमा बलात्कृत भएको उहाँले बताउनु भयो । अधिकांश १० देखि १४ बर्षका बालिका धेरै पीडित भएको प्रहरी रिपोर्टमा देखिएको छ ।

सम्बन्धित शिर्षकहरु