साउन १४ । काठमाडौं, गृह मन्त्रालयले केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट हालसम्म मुलुकभर ७५ जनाको मृत्यु, ३१ जना घाइते र १२ जना बेपत्ता भएको जनाएको छ ।
मन्त्रालयका अनुसार प्युठानमा ३६, गुल्मीमा सात, बागलुङमा छ, पाल्पा र रोल्पामा चार चार, मकवानपुरमा तीन, अर्घाखाँची, झापा र रूपन्देहीमा दुई दुई र काठमाडौँ, दोलखा, सर्लाही, पर्वत, उदयपुर, दाङ, कपिलवस्तु, बारा र सप्तरीमा एक एक जनाको मृत्यु भएको छ ।
प्राकृतिक विपद्मै परेर गुल्मीमा नौ, पर्वतमा आठ, प्युठानमा तीन, बाँकेमा तीन, काठमाडौँमा दुई र सुनसरी, बागलुङ, दोलखा, अर्घाखाँची, सिन्धुपाल्चोक र रूपन्देहीमा एक एक जना घाइते भएका छन् ।
यसैगरी प्युठानमा चार, अर्घाखाँचीमा दुई, झापामा दुई तथा सुनसरी, दाङ, कास्की र कपिलवस्तुमा एक एक जना बेपत्ता भएको जनाइएको छ । यसअघि बुधबारसम्म मृत्यु हुनेको सङ्ख्या ६६ रहेकामा आज थप नौ जनाको मृत्यु भएको बताइएको छ ।


![aiff{sf sf/0f s~rgk'/sf] emnf/L ahf/df /x]sf] Ps blnt kl/jf/sf] eTs]sf] 3/ . 3/ eTs]kl5 afnaflnsf ;lxt v'nf cfsf; d'gL a;]sf 5g . tl:a/ M /fh]Gb|k|;fb kg]?, /f;;, s~rgk'/](http://ausnepalnews.com/wp-content/uploads/2016/07/1469626873805_RP_Kanchanpur_160726_house-damage-with-rain-fall-300x225.jpg)






