अस्ट्रेलिया, नेपाली चलचित्रका लागि अष्ट्रेलियाबाट नायिका छानिने भएको छ । यो अबसर दिलाउने भएको छ चलचित्र समर लभले । ‘अष्ट्रेलियामा रहेका प्रतिभालाई अबसर दिने सोच हो हाम्रो । यस पटक अष्ट्रेलियाबाटै नायिका जन्माउँछौ(‘ चलचित्रका निर्माता दिनेश पोखरेलले भने ।
लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका निर्माता पोखरेलको यो चलचित्रलाई मुस्कान ढकालले निर्देशन गर्ने भएका छन् ।
चलचित्रका प्रस्तुतकर्तामा चर्चित निर्देशक बिकास आचार्य रहेका छन ।
रूबिन भट्टराईको चर्चित उपन्यास समर लभ माथि निर्माण हुन लागेको यो चलचित्रको अधिकांश छायांकन अष्ट्रेलियामा गरिने चलचित्रका अष्ट्रेलियामा प्रोडक्शन संयोजक मनोज अधिकारीले जानकारी दिए । चलचित्रको अष्ट्रेलियाका मनमोहक स्थानहरूमा छायांकन गरिने छ ।








