साउन १०। काठमाडौं, प्रधानमन्त्री ओलीले संसदमा संबोधन गर्दै बन्दै गरेको नयाँ सरकारलाई सात प्रश्न गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ ।
यस्ता छन् ओलीका सात प्रश्न :
१. सरकारले आफैँले बनाउने गरी बजेट छुट्याएको, काठमाडौं–निजगढ फास्ट ट्र्याकको भविष्य के हुन्छ ?
२. केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलसेवा के गर्नुहुन्छ ?
३. वर्षौँदेखि अलपत्र तराईको हुलाकी राजमार्गलाई फेरि पुरानै नियतिमा फर्काउनुहुन्छ कि ?
४. दुई वर्षमा ऊर्जा र कृषिमा आधारभूत रूपमा आत्मनिर्भरता सम्भव तुल्याउने योजनालाई के गर्नुहुन्छ ?
५. समृद्ध तराई निर्माण गर्न सिँचाइ, सदरमुकाममा पूर्वाधार विकासलगायत महŒवपूर्ण योजनालाई के गर्नुहुन्छ ?
६. ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति, दलित, लोपोन्मुख र अल्पसंख्यक समुदायको सामाजिक सुरक्षाका कार्यक्रम के गर्नुहुन्छ ?
७. शैक्षिक प्रमाणपत्र धितो राखेर युवा विद्यार्थीलाई ऋण दिने योजनालाई के गर्नुहुन्छ ?


![k|wfgdGqL cf]nL cljZjf; k|:tfjsf] hjfkm lbFb} Joj:yflksf ;+;bsf] cfOtaf/sf] a}7sdf cfkm" lj?4 k|:t't cljZjf;sf] k|:tfjsf] hjfkm lbFb} k|wfgdGqL s]kL zdf{ cf]nL . pxfFn] sl/a b'O{ 306f ;Daf]wg ug'{ePsf] lyof] . tl:a/M /f]zg ;fksf]6f, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/07/1469372191882_RoS_KTM_160724_IMG_8837-300x250.jpg)





