प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना क्षीण

काठमाडौं । बिहीबारको शीर्ष नेताहरुको बैठकमा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सबै दललाई मान्य हुने खालको सहमतीको प्रस्ताव प्रस्तुत गरे पछी,राजनितिले क्रमश कोल्टे फेर्ने संकेत देखिएको हो । उनको प्रस्तावको सार सहमतिय सरकार निर्माण गर्ने हो र त्यसको लागि सबै भन्दा उपयुक्त उमेद्वार आफुनै हुन सक्ने संकेत समेत गरेका छ ।
प्रधानमन्त्री केपी ओली र काँग्रेसको एउटा तप्का प्रचण्डलाई जुनसुकै हालतमा रोक्ने प्रयत्नमा लागिरहेका छन ।सहमतिय सरकारका लागि हुने छलफलमा ओलीले नै सहमतीको प्रधानमन्त्रीका रुपमा पौडेलको नाम प्रस्ताब गर्ने ओली निकट सुत्रको दाबी छ।
पौडेललाई प्रस्ताब गर्दा काङ्ग्रेस भित्र देउवालाई नकार्न गार्हो हुनेछ। जघन्य अपराधमा संलग्न माओवादी कार्यकर्तालाई सफाई दिने गरी कानुन बनाउने र जबर्जस्ती कब्जा गरिएका घरजग्गालाई बैधानिकता दिने सहमती कार्योन्वयन हुनै नसक्ने र त्यही बिन्दुमा माओवादी सँगको गठबन्धन टुट्ने एकथरी काङ्ग्रेस नेताहरुको बिष्लेषण छ।
त्यसैले ओलिले पौडेलको प्रस्ताब गर्दा देउवालाई पनि नकार्न गार्हो पर्नेछ। यसैगरी सहमतिय सरकारको वोकालत गर्दै आएका प्रचण्डलाई समेत अफ्ठारो हुनेछ ।
प्रचन्डलाई प्रधानमन्त्री बनाउन भारतल समेत तयार नभएको देखिन्छ । अत्यन्त ढुलमुले र अस्थिर स्वभाबका प्रचन्डको काम पुरा भईसकेकाले अब भारतको चाहाना प्रचन्ड भन्दा पनि बाबा रामदेब मार्फत भारतीय संस्थापन पक्ष सँग राम्रो संबन्ध बनाएका पौडेललाई अगाडि सार्ने देखिन्छ।
यसरी खुल्ला राजनीतिमा आए देखी नै पटक पटक भरतलाई लल्कार्नु र ओली सरकार बिस्थापित गर्ने उसको मिसन पूर्ण हुनु,जुन सुकै हालतमा प्रचन्डलाई रोक्न ओली र काङ्ग्रेसका केही नेताहरु लाग्नु आदी कारणले अब प्रचन्डको प्रधानमन्त्री हुने संभावना ह्रास हुँदै गएको देखिन्छ।

सम्बन्धित शिर्षकहरु