
नुवाकोट । नुवाकोटको त्रिशुली जलविधुत् केन्द्रमा भीषण आगलागी भएको छ । केहीबेर अघि सुरु भएको आगो नियन्त्रणबाहिर रहेको छ । आगो निभाउनका लागि दमकलको प्रयोग असम्भव भएकाले ग्यासको प्रयोग गरेर नियन्त्रणको प्रयास भैरहेको नुवाकोट प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार आगो नियन्त्रणका लागि आग्नि नियन्त्रक, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । जलविद्युत् केन्द्रको ब्रेकरमा आगलागी भएको बताइएको छ । थप विवरण आउन बाँकी छ ।








