अस्ट्रेलिया ,सिन्धुपाल्चोक जिल्लाको सहयोगको लागि विश्वभरका सिन्धुवासिहरूको सहयोग एकैसाथ जुटाउने लक्ष्य राखेर सिन्धु सहयोग अभियान आगाडि बढाइएको छ। अस्ट्रेलिया बाट शुरु गरिएको यो सहयोग अभियानमा जुटि जिल्लामा प्रभावकारी सहयोग पुर्याउन अनुरोध गरिएको छ। हालसम्मको तथ्याङ्क अनुसार भूकम्पबाट सबैभन्दा बढी ज्यान गुमाउनेमा सिन्धुपाल्चोक जिल्लाका वासिन्दा रहेका छन्। जिल्लाको अधिकांश वस्ति तथा दुर्गाम क्षेत्रमा अझैं पनि उद्दार कार्य शुरु हुन नसक्दा भग्नावशेष मा पुरिएका शव , पशु चौपाय दुर्गन्धित हुन थालेका छन् भने यसले हैजा लगायतका रोग फैलन सक्ने सम्भावना बढाएको छ। घाइतेहरूले समयमै उप
चार नपाउंदा धेरैको बाच्न पाउने अवसर गुम्दै गएको छ । सबैको ध्यान सुगम वस्ति र राजधानी केन्द्रित रहेको यो परिस्थिमा सिन्धुको अति संवेदनशिल क्षेत्रमा सरकार तथा अन्य संघ संस्थाको ध्यानाकर्षणका लागि अभियानले अपिल गरेको छ । आफ्नो जन्मस्थानको यस्तो विषम परिस्थिमा आफुले सकेको सहयोग गरौं भन्दै अस्ट्रेलियाबाट ‘सिन्धु सह
योग अभियान ‘को थालनी गरिएको सहभागीहरूले बताएका छन् । अस्ट्रेलिया र विश्वभर छरिएका सिन्धुवासिहरू यस संकटपूर्ण घडीको सहयोग अभियानमा लाम बद्द बनौं भन्दै थालिएको सो अभियानले संकटग्रस्त क्षेत्रमा छिटो-भन्दा छिटो औषधी, खाध्यान्न तथा अत्यावश्यक सहयोग पुर्याउनु पर्ने हुंदा यथासिघ्र सहयोगमा जुट्न अपिल गरेको छ।
अस्ट्रेलियाको सिड्नीमा बसेको सिन्धु सहयोग अभियानका सद्स्यहरूद्वारा निम्न लिखित निर्णय गरिएको छ :
1. अस्ट्रेलियाका सबै स्टेट र विश्वभर छरिएका सिन्धुवासिहरूलाई समन्वय गरि सिन्धु सहयोग अभियानलाई प्रभावकारी बनाउंदै जाने ।
2.अभियानको अर्को बैंक खाता नखोले सम्म तत्काल लाई भियानका एक सद्स्य भीमसेन सापकोटाको खातामा रकम सबैले स्थानान्तर गर्दै जाने । र तत्काल जरूरि क्षेत्रमा राहत पुर्याउन , औषधि, खाद्यान्न लगायतका सामग्री पठाउन यथा सिघ्र पहल गर्ने ।
3.राजाधानीमा पुगेको एन आर एन तथा अन्य सहयोगि निकायलाई जिल्लाको संकट ग्रस्त क्षेत्रमा सहयोग पुर्याउन ध्यानाकर्षण गराउने ।
यस अभियान मार्फत जिल्लामा थप रचनात्मक सहयोग पुर्याउन निरन्तर कृयाशिल रहने । हाल सम्म सो अभीयान $८००को कोष बाट शुरु गरिएको छ । संकलित रकमको विवरण यसप्रकार रहेको छ। हरी थापा $200,भुपेन्द्र सिलवाल $२००, ॠषि आचार्य $२०० ,भीमसेन सापकोटा $२००
Bank Details (Australia)
BSB-062033
AC:10332131
CBA
अन्य देशकालागि पेपल आकाउन्ट
fivedimensionvedic@yahoo.com
संपर्क तथा थप जानकारीको लागि
भीमसेन सापकोटा , 0434570379, Australia ,
ॠषि आचार्य -0451003123, Australai
भुपेन्द्र सिलवाल – 0431295911, Australia
हरी थापा – 0450293100,Australia
गोकुल प्रसाद सापकोटा-USA-
दामोदर ढुंगाना -Canada
राजन सापकोटा –London
कृष्ण ढकाल-Sweden








