असार ३० ।काठमाडौं, सत्ता हस्तान्तरण गर्ने भद्र सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्ट माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेससँग मिलेर अविश्वास प्रस्ताव दर्ता गरेको छ ।
माओवादी केन्द्र, कांग्रेस र नेकपा संयुक्तका दुई सय ५५ सांसदले प्रस्तावमा हस्ताक्षर गरेका छन् । उनीहरुले थप एक सय सांसद आफ्नो पक्षमा आउने दाबी गरेका छन् । अविश्वास प्रस्ताव पारित गराउन २९८ मत आवश्यक पर्छ ।
अविश्वासको प्रस्तावको पक्षमा
कांग्रेस २०७
माओवादी केन्द्र ८२
नेकपा संयुक्त ३
संघीय फोरम १५
तमलोपा ११
सद्भावना पार्टी ६
रामसपा ३
तमसपा ३
थरुहट तराई पार्टी १
नेपाल जनता दल १
समाजवादी जनता पार्टी १
फोरम गणतान्त्रिक १
नेपाः राष्ट्रिय पार्टी १
नेपाल सद्भावना पार्टी १
जम्मा ३५० मत
अविश्वासको प्रस्तावको विपक्षमा
एमाले १८२
राप्रपा नेपाल २५
माले ५
नेमकिपा ४
राष्ट्रिय जनमोर्चा ३
जम्मा २१९
अनिर्णीत
फोरम लोकतान्त्रिक १४
नेपाल परिवार दल २
जनमुक्ति (लो.) २
बहुजन शक्ति पार्टी १
खम्बुवान मोर्चा १
अखण्ड नेपाल पार्टी १
मधेस समता पार्टी नेपाल १
दलित जनजाति पार्टी नेपाल १
स्वतन्त्र चन्द्रेवर झा १
जम्मा २५
नयाँ पत्रिका









