महेश्वर शर्मा,सिड्नी अष्ट्रेलिया,अष्ट्रेलियाको सिड्नीमा भद्रगोलका कलाकारहरुले हाँस्य व्याङ्यमार्फत सिड्नी तताए।एक नौलो र फरक शैलीबाट कलाकारहरुले आ-आफ्नो प्रस्तुती दिएको सो कार्यक्रम आरकेएस को आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा अर्जुन घिमिरे पांडे , कुमार कट्टेल जिग्री, हरि निरौला कक्रोज र सागर लम्साल बलेको साथमा गायक प्रकाश पौडेले आ-आफ्नो जोडदार प्रस्तुती
दिएका थिए।कलाकारहरुले आफ्नो प्रस्तुती दिईरहँदा दर्शकहरुबाट गड्गडाहक तालि बजेको थियो। सो कार्यक्रममा सिड्नीको एक चर्चित डान्स ग्रुप नेपिन्डो फ्युजन ग्रुपका कलाकार हरुले विशेष नृत्य प्रस्तुती देखाएका थिए।९ जुलाई २०१६ शनिबार साँझ ५:३० बजे बाट सुरु भएको सो कार्यक्रम मराना अडिटोरियम हर्सभिलमा भएको थियो।शक्ति उपासना पिठ को सहयोगार्थ गरिएको सो कार्यक्रममा सिड्नीका दर्शकहरुको बाक्लो उपस्थित रहेको थियो।कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूण कलाकारहरु,प्रायोजकहरु,दर्शकहरु र सबैप्रति बाबा एजुकेसन कन्सल्लटेन्सीका रबिन्द्र कुमार शर्माले धन्यबाद व्यक्त गरेका छन।
Photo:Satish Shrestha










