दयाहाङ राई अष्ट्रेलिया आउने।

महेश्वर शर्मा सिड्नी अष्ट्रेलिया ,नेपाली चलचित्र लुट बाट चर्चाको शिखरमा आएका नायक दयाहाङ राई आफ्नो पछिल्लो चलचित्र बीर विक्रमको लागि अष्ट्रेलिया आउने भएका छन। नेपाली चलचित्र क्षेत्रमा एक छुट्टै पहिचान बनाउन सफल राई द्वारा अभिनीत थुप्रै नेपाली चलचित्रलाई दर्शक हरुले औधि मन पराएका छन। चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र बीर विक्रम अष्ट्रेलिया सिड्नीका दर्शकहरुले दयाहाङ राई संगै बसि हेर्ने अवसर पाउने भएका हुन। सो चलचित्रमा दयाहाङ राई,अर्पण थापा, अनुप विक्रम शाही, दिया पुन, लगायतको मुख्य भूमिका रहेको छ। ताराप्रकाश लिम्बुको संगीत, रेनशा वान्तवा राइको कोरियोग्राफी,रहेको चलचित्रमा राम कुमार केसीले छायांकन गरेका हुन।चलचित्रलाई यम थापाले लेखेका हुन् भने सो चलचत्रलाई मिलन चाम्सले निर्देशन गरेका छन। असनेपाल न्युज सँग कुरा गर्दै गोबिन्द भण्डारीले यहि अगष्ट २०१६ मा सिड्नीका दर्शकहरुले दयाहाङ राई संगै बसि सो चलचित्र हेर्ने अवसर पाउने बताएका छन।

सम्बन्धित शिर्षकहरु