प्रवेशिका परीक्षाको नतिजा प्रकाशित

काठमाडौं । प्रवेशिका परीक्षाको नतिजा भर्खरै प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको परीक्षाफल प्रकाशित गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालयका अुनसार नियमिततर्फ सहभागी ४३७३२६ जना परीक्षार्थीको परीक्षाफल यस्तो रहेको छ ।
३.६ देखि ४.० ल्याउने परीक्षार्थी १६४५४
३.२ देखि ३.६ ल्याउने परीक्षार्थी ४१५७७
२.८ देखि ३.२ ल्याउने परीक्षार्थी ४८६११
२.४ देखि २.८ ल्उाउने परीक्षार्थी ६३१८१
२.० देखि २.४ ल्याउने परीक्षार्थी ९४७१६
१.६ देखि २.० ल्याउने परीक्षार्थी १०४२७८
१.२ देखि १.६ ल्याउने परीक्षार्थी ५६७६३
०.८ देखि १.२ ल्याउने परीक्षार्थी ८०००
०.० देखि ०.८ ल्याउने परीक्षार्थी ११ जना
नियमिततर्फ उमेर नपुगेका विद्यार्थीहरु १६ जना रहेका परीक्षा नियन्त्रण कार्यालय जनाएको छ ।
एक्जाम्टेडतर्फ सहभागी भएका १५०८२६ परीक्षार्थीहरुमध्येको परीक्षाफल यस्तो छ ।
३.६ देखि ४.० ल्याउने परीक्षार्थी ४ जना
३.२ देखि ३.६ ल्याउने परीक्षार्थी ८ जना
२.८ देखि ३.२ ल्याउने परीक्षार्थी ९४ जना
२.४ देखि २.८ ल्याउने परीक्षार्थी २९४३ जना
२.० देखि २.४ ल्याउने परीक्षार्थी २९७८० जना
१.६ देखि २.० ल्याउने परीक्षार्थी ७५३४० जना
१.२ देखि १.६ ल्याउने परीथार्थी ३७०३९ जना
०.८ देखि १.२ सम्म ल्याउने परीक्षार्थी २४५२ जना
०.० देखि ०.८ ल्याउने परीक्षार्थी २ जना

कहाँ हेर्ने परीक्षााफल ?
अघिल्ला वर्षहरु जस्तै एसएलसीको नतिजा वेवसाइट, एसएमएस र टेलिफोनबाट थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।www.moe.gov.no, wwww.doe.gov.np, www.soce.gov.np, www.slcresult.soce.gov.np, www.slc.ntc.net.np, नेपाल टेलिकमको PSTN, CDMA, Postpaid, prepaid मार्फत १६०० नं. डायल गरि प्राप्त सन्देश अनुसार नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यसैगरि SMS बाट पनि नतिजा थाहा पाउन CDMA, Postpaid, prepaid मोवाईल सेटको म्यासेजबक्समा गएर slc ˂space˃ सिम्वाेल नम्बर टाईप गरि ३५५६६ मा एसएमएस पठाउने सकिनेछ । तर केहि समयपछि मात्र प्रयास गर्नुहोला ।

सम्बन्धित शिर्षकहरु