अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले अन्य मुलुकबाट अनेसासको रजत जयन्ति कार्यक्रममा भाग लिन वाशिंगटन डिसी आएका पत्रकारलाइ स्वागत गरेको छ । भर्जिनियाको एक पुस्तकालयमा सम्पन्न उक्त स्वागत तथा अन्तरक्रिया कार्यक्रममा पत्रकारको भूमिका निर्वाहको साथै साहित्यमा समेत अन्य राष्ट्रमा अनवरत कलम चलाउने पत्रकार तथा साहित्यकारलाई सम्मान एवम् स्वगत गरिएको थियो ।
नेजाका उपाध्यक्ष गुणराज लुइँटेलले अन्तरक्रियात्मक कार्यक्रममा जापानबाट आउनु भएका पत्रकार तथा साहित्यकार प्रकाश पौडेल माइला, क्यानाडाबाट आएका पत्रकार तथा साहित्यकार डा गोविन्दसिंह रावत, जापानबाट आएका साहित्यकार ध्रुव थापा, प्राध्यापक डा खगेन्द्र लुइँटेल, नेपालबाट आएकी साहित्यकार ईश्वरी गौतम तथा पत्रकार तथा साहित्यकार भीमसेन सापकोटालाई विशिष्ट व्यक्तिहरुबाट खादा लगाई सम्मान गरियो ।
अस्ट्रेलियाबाट संचालित माई नेपाल टेलीभिजन, हिमालयन रेडियो तथा असनेपालन्युज प्रधानसम्पादकसमेत रहेका भीमसेन सापकोटाले नेपाली साहित्यको श्रीबृद्धिका खातिर लाग्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै प्रवासी साहित्यको विशेष चर्चा गरेका थिए ।








