साहसिक खेलकुदमा टानको अग्रसरता

taan marathan 1  (1)काठमाडौँ । गत वर्ष वैशाखमा नेपालमा महाभूकम्प गयो । जसमा लाङटाङ राष्ट्रिय निकुन्ज क्षेत्रमा पर्ने रसुवा जिल्ला पनि एक थियो । भूकम्पमा परी रसुवामा मात्र ६ सय ८१ जनाको मृत्यु भएको थियो । हजारौँ घाइते भए ।
भूकम्पसंगै लाङटाङ क्षेत्रमा पर्ने प्रख्यात पदयात्राहरु सुनसान भएको थियो । अन्तरिक तथा बाह्य पर्यटनको आगमन पातलीयो भनौँ या शून्य मै झर्यो । तर, त्यसको झन्डै एकबर्षपछि लाङटाङ क्षेत्रको पर्यटकीय आकर्षणलाई ब्युँताउन ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले गत आइतबार प्रथम लाङटाङ–गोसाइँकुण्ड हाफ म्याराथनको आयोजना गर्यो ।
टानले त्यसक्षेत्रको पर्यटक आगमन गर्नका लागी समुद्री सतहबाट ४,३८० किमि उचाइमा रहेको गोसाइँकुण्डबाट साहसिक हाफ म्याराथन गरेको थियो । उक्त दौडमा २३ महिला र ५ विदेशीसहित १ सय ३ जना सहभागी थिए । जसमा टानले म्याराथन सफलता पुर्वक सफल भएको जनाएको छ । हाफ म्याराथनमा पुरुषमा आर्मीका भरत खत्री र महिलामा स्थानीय गाउको फूलमाया स्याङ्बा पहिलो भए ।
पर्यटन व्यवसाय र नेपाली ट्रेकिङ क्षेत्रमा काम गर्दै आएको टानले एथेलेटिक्स खेलको साहसिक खेलमा पर्ने हाइ अल्टिच्युडको हाफ म्याराथन पहिलोपटक गरेको हो । तर, टानको नेपाली साहसिक खेलकुदमा नाता पुरानै हो । म्याराथन पहिलोपटक गरेपनि टानले अन्य साहषिक खेलकुदहरु निरन्तर गर्दै आएको छ ।
“हामीले म्याराथन पहिलोपटक आयोजना गरेका हौ । तर, हामीले साहसिक खेलकुदमा अन्य प्रतियोगिताहरु बिगत लामो समयबाट गर्दै आएका छाँै,” टानका मेम्बर तथा मिडिया संयोजक सूर्यकुमार घिमिरेले भने, “हामीले सफलता पुर्वक सम्पन्न गर्यौँ । हामीले यसलाई निरन्तरता दिने छौँ । हामीले साहसिक खेलबाट नेपाललाई चिनाउन प्रयत्न गर्ने छौँ ।”
प्रथम लाङटाङ–गोसाइँकुण्ड हाफ म्याराथनको मुख्य उदेश्य रसुवाको पर्यटन आगमनको सुन्यतालाई बढाउन र लाङटाङ–गोसाइँकुण्ड क्षेत्र भूकम्पपछि पनि सुरक्क्षित रहेको देखाउन आयोजना गरिएको हो ।
“रसुवा भूकम्पले निकै क्षतिग्रस्त जिल्ला हो । त्यसैले यहाको सुन्दरता, पर्यटन र भूकम्पले क्षति गरेको यस जिल्लाको आयआर्जनलाई केही टेवा पुगोस भन्ने हाम्रो योजना हो,” संयोजक घिमिरेले त्यसअघि भने, “हामीले यो म्याराथन आयोजना गरेर यस क्षेत्र सुरक्क्षित छ भन्ने सन्देश दिन सक्यौ । अब त्यस क्षेत्रको पर्यटक आगमन बढ्ने छ । जसले स्थानीयको आयआर्जनमा सहयोग हुन्छ ।”
टानको साहसिक खेलकुदमा प्रथम लाङटाङ–गोसाइँकुण्ड हाफ म्याराथन मात्र पहिलो हैन । टानले यसअघि गर्ने साहसिक खेलकुदको लिस्ट लामै छ । र साहसिक खेलकुद टानको अग्रसरता सराहनीय छ । टानले आफ्नो बार्षिक क्यालेन्डरमा समावेश गरेको शाहसिक खेलकुद प्रतियोगितामध्ये माउन्टेनबाइक रेस, १५ किलोमिटर दौड र अन्तराष्ट्रिय इको च्यालेन्ज रेस प्रमुख रहेको छ । र, टानले नेपालमा साहसिक खेलकुदमा रुची राख्नेहरु र प्राकृतिक सहशिक खेलकुदको मजा उठाउन नेपाल आउने विदेशीहरुको संग्ख्या बढेकै कारण यस्तो खेलकुद प्रतियोगिताको आयोजना गर्ने गर्छ । जसले नेपाली पर्यटनको विकास हुने टानको विश्वास रहेको छ ।
“नेपाल आफैमा साहषिक खेलकुदका लागी उद्गमस्थल हो । नेपालमा मात्र हैन विश्वका युवाहरु साहसिक खेलकुदमा रुची राख्नेको संग्ख्य बढेको छ । साहसिक खेलकुदकै लागी नेपालमा हजारौँ विदेशी पर्यटक भित्रने गर्छन,” मिडिया संयोजक घिमिरे भन्छन, “त्यसैले हामीले नेपाली पर्यटनको बिकासमा टेवा पुगोस र प्राकृतिक साहसिक खेलकुदको मजा लिन पाइयोस भनेर हामी यस खेलकुदमा लागेका हौँ ।”
संयोजक घिमिरेको अनुसार टानले माउन्टेनबाइक रेस सन् २००४ बाट प्रत्येक बर्ष आयोजना हुदै आएको छ । यस्तै बातावरण दिवसको अवसर पारेर टानले काठमाडौँको नागार्जुन बन क्षेत्रमा प्रत्येक बर्ष १५ किलोमिटर दौड आयोजना गर्ने गर्छ ।
त्यस्तै टानले विदेशी पर्यटकको मुख्य आकर्षकको रुपमा रहेको अन्तर्राष्ट्रिय इको च्यालेन्ज सन् २०१३ र १४ मा सफल आयोजना गरिसकेको छ । तर, गत बर्षको सुरुवातमै गएको विनाशकारी भूकम्पले गर्दा टानले त्यसलाई निरन्तरता दिन सकेको थिएन ।
तर, टानले यहीबर्षबाट आफ्ना क्यालेन्डरमा समावेश गरेको नियमित साहसिक खेललाई निरन्तरता दिने बताएको छ । “हामीले प्रत्येक बर्ष हाम्रो गतिबिधिहरु निरन्तर गर्ने गरेका छाँै,” संयोजक घिमिरेले भने, “गत बर्ष भूकम्पले काम गर्न पाइएन । अब हामीले क्यालेन्डरअनुसार प्रतियोगिताहरु निरन्तर आयोजना गर्छौँ ।” त्यस्तै घिमिरेले बार्षिक क्यालेन्डरमा राखिएको साहसिक खेलकुदको आयोजनाको लागी टान लागिपरेको बताउँछन् ।

सम्बन्धित शिर्षकहरु