काठमाडौं ।
हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस्) र कुञ्जना घिमिरे (सुन्तली)ले निर्माण सुरु गरेको गिरान्चौर एकीकृत बस्तीका लागि नायिका रेखा थापाले एक लाख रुपैयाँ सहयोग प्रदान गरेकी छन् ।
धुर्मुस सुन्तली फाउण्डेशनको कार्यालयमै पुगेर उनले एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेकी हुन् । सम्पूर्ण कला जगतको प्रतिनिधित्व गर्दै धुर्मुस सुन्तलीले गरेको काममा सानो सहयोग गरेको नायिका थापाले बताएकी छन् ।
आफ्ना थुप्रै फ्यानले धुर्मुस सुन्तलीको काममा सहयोग गर्न आग्रह गरेकाले पनि गिरान्चौर निर्माणका लागि सकेको आर्थिक सहयोग गरेको उनको भनाई छ । गिरान्चौर एकीकृत बस्ती बनाउने अभियान कला जगत सबैको साझा अभियान भएकाले सकेको सहयोग गर्नु आफ्नो कर्तव्य भएको नायिका थापाले बताएकी छन् । धुर्मुस सुन्तलीको कामको अहिले चौतर्फी प्रशंसा भइरहेकाले अझै प्रशंसा बटुल्नका लागि अझै राम्रो काम गर्नका लागि समेत धुर्मुस सुन्तली फाउण्डेशनलाई उनले शुभेच्छा प्रकट गरेकी छिन् ।
भिडियो








