बिहानै भूकम्प

वैशाख २९ । काठमाडौं, शक्तिशाली भूकम्प गएको एक वर्ष वितिसक्दा पनि भूकम्पको पराकम्प आउने क्रम रोकिएको छैन ।

आज बिहान ७ बजेर ४ मिनेट जाँदा धादिङलाई केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

६ दिन अघि धादिङ र गोर्खा केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प मापन गरिएको थियो ।

गत वर्ष वैशाख १२ र २९ मा शक्तिशाली भूकम्प गएको थियो ।

गोरखाको बारपाक केन्द्र विन्दु भएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प पछि अहिलेसम्म ४ रेक्टर स्केल भन्दा माथिका ४५३ पटक परकम्प गइसकेको छ ।

सम्बन्धित शिर्षकहरु