२०१२ मा कार दुर्घटनामा परेका चीनका २४ वर्षीय युवा जिओलिनको नाकमा ठूलो चोट लाग्यो । अस्पतालमा उपचारका क्रममा उनको नाकमा थप इन्फेक्सन भयो र नाकै काट्नुपर्यो । जिओलिनको नाक काटेपछि उनी असाध्यै कुरुप भए । डाक्टरहरुले अर्को नाक उमार्ने विचार गर्न थाले । अन्ततः चिनियाँ डाक्टरहरु जिओलिनको निधारमा दोस्रो नाक उमार्न सफल भएका छन् । चीनको फुजिअल राज्यको फुझोउ अस्पतालका डाक्टरहरु यसरी दोस्रो नाक उमार्न सफल भएका हुन् ।
जिओलिनले भने यसरी अर्को नाक उम्रन सक्छ भन्ने सोचेकै थिएनन् । तर, अब उनको अनुहार लगभग पुरानै अवस्थामा फर्कने भएको छ । डाक्टरहरुले उनकै शरीरको मासु प्रयोग गरेर निधारमा उमारेका हुन् ।
अब डाक्टरहरुले पहिलो नाक रहेकै स्थानमा नाक राख्ने योजना बनाएका छन् । डाक्टरहरुले जिओलिनको नाक राम्रोसँग बढेको र ट्रान्सप्लान्टका लागि तयार भएको बताइसकेका छन् ।
एक जना २२ वर्षे ठिटोको निधारमा नाक पलाएको छ । त्यो पनि उल्टो नाक । त्यो निधारको नाकलाई अब डाक्टरहरुले काट्नेछन् र खास नाक हुने ठाउँमा लगेर राखिदिनेछन् ।
जियाओलियान नामका ती युवकको निधारमा आफै नाक पलाएको भने होइन । उनको प्राकृतिक नाक दुर्घटनामा परी काम नलाग्ने भएपछि त्यो स्थानमा नयाँ नाक प्रत्यारोपण गर्नका लागि डाक्टरहरुले निधारमा नाकको विकाश गरेका हुन् । फुजियान प्रान्तको फुझोउ अस्पतालमा उपचार गराइरहेका यी युवकको निधारमा पूर्ण विकशित नाक उमार्न वैज्ञानिकहरु सफल भएका छन् ।
सन् २०१२ मा सडक दुर्घटनामा परेर उनको सक्कली नाकमा गम्भीर घाउ लागेको थियो । त्यसपछि उनको नाकमा नराम्ररी संक्रमण फैलियो र झण्डै काम नलाग्ने भयो । पूरानो नाक काम नलाग्ने भएपछि डाक्टरहरुले ती युवकको निधारमा नयाँ नाक विकाश गरेका हुन् ।
सरीरको अन्य भागबाट तन्तुहरु लगेर विशेष प्रविधिद्वारा ठ्याक्कै नाकको आकारमा ढालेर निधारमा नाकको विकाश गरिएको छ । त्यसमा उनको करङबाट कुरकुरे हड्डी समेत लगिएको थियो । निधारमा पूर्ण स्वस्थ तथा विकसित नाक बनिसकेको छ । अब पूरानो नाक पूरै हटाएर त्यो ठाउँमा निधारको नाक लगेर प्रत्यारोपण गर्ने लक्ष्य डाक्टरहरुको छ ।








