रुपन्देही सामाजीक सञ्जाल अष्ट्रेलिया को परोपकारी कार्य।

महेश्वर शर्मा ,असनेपाल न्युज सिड्नी अष्ट्रेलिया , प्रवासमा रहेर पनि आफ्नो देशलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्न सकिन्छ भन्ने उदेश्य राखेको एक परोपकारी संस्था।रुपन्देही सामाजीक सञ्जाल अष्ट्रेलिया द्वारा गत अप्रिल ९ तारिक २०१६ मा आयोजना गरिएको कार्यक्रम “नयाँ वर्ष साँगितिक साँझ २०७३” बाट संकलित रकम ७ मे २०१६ का दिन रुपन्देहीका विभिन्न परोपकारी संघ संस्थाहरुलाई हस्तान्त्रण गरिएको छ।
रुपन्देही सामाजीक सञ्जाल अष्ट्रेलियाका अध्यक्ष राज खनाल र उपाध्यक्ष सन्तोष के सी ले संयुक्त रुपमा विभिन्न संघ संस्थालाई हस्तान्त्रण गरेका हुन।
बुटवल १३ देविनगरमा अवस्थित नेपाल अपाङ्ग आश्राममा रुपन्देही सामाजीक सञ्जाल अष्ट्रेलियाले एक विशेष शौचालय निर्माण गर्ने भएको हो। ह्ववयील चियर बाटै शौचालय भित्र जान मिल्ने शौचालय बनाउनको निम्ति सो आश्रामलाई नेपाली दुई लाख रुपैयाँ को चेक हस्तान्त्रण गरिएको हो।
साथै सोहि दिन शौचालय निर्माणको लागि शिलन्यास समेत गरियो।सोहि दिन मणिग्राममा रहेको आत्मशान्ति अनाथ आश्रमको अक्षयकोषको लागि आश्रमकी अध्यक्ष मैनादेवी भण्डारीलाई रुपन्देही सामाजीक सञ्जाल अष्ट्रेलियाका अध्यक्ष राज खनाल र उपाध्यक्ष सन्तोष के सी ले संयुक्त रुपमा एक लाखको चेक हस्तान्त्रण गरे। साथै लुम्बिनी अञ्चल अस्पतालको ईमरजेन्सि र प्रसुति वाडमा ईलेक्ट्रोनिक पानी ट्याङ्की राख्नको लागि नगद एक लाख रुपैयाँ सहयोग गरेको छ।पश्चिम क्षेत्रिय ट्राफिक प्रहरि कार्यलय बुटवलको सहयोगमा
ट्राफिक नियम सँग सम्बन्धित तिनवटा ठूला होडिङ्ग बोर्ड राख्ने भएको छ भने कान्ती कुञ्जमा पढ्ने सागर क्षेत्री,बुटवल मा. वी. मा पढ्ने लाल बहादुर गाहालाई एक वर्ष सम्म पढाईदिने रुपन्देही सामाजीक सञ्जाल अष्ट्रेलियाका अध्यक्ष राज खनालले बताएका छन।यसै गरि अध्यक्ष राज खनालले बुटवल १३ देविनगरमा अवस्थित नेपाल अपाङ्ग आश्राममा विरामी रहेकी सलिना वि क लाई उपचारको लागि नगद दश हजार रूपैयाँ सहयोग गरेका छन।

imageimage image image

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित शिर्षकहरु