सशस्त्रको लाइबेरिया मिसन बन्द

Sasastraकाठमाडौं । सशस्त्र प्रहरी बलको लाइबेरिया शान्ति मिसन बन्द भएको छ । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेसन्स मिसन इन लाइबेरिया युनामिलमा खटिएको फम्र्ड पुलिस युनिट ९एफपियू० टोली आइतबार स्वदेश फर्किएसँगै मिसन बन्द भएको हो ।

एसएसपी राजेन्द्र बस्नेत नेतृत्वको दुई सय २१ सदस्यीय टोली आइतबार फर्किएको हो । लाइबेरियामा लजिस्टिक हेर्ने सशस्त्र प्रहरीको सानो टिम मात्र बाँकी छ । सो टोली बन्दोबस्तीका सामान लिएर मात्र फर्किनेछ । लाइबेरियामा शान्ति सैनिक कटौती गर्ने संयुक्त राष्ट्रसंघको योजनाअनुसार सशस्त्रको एफपियू मिसन बन्द भएको हो । त्यहाँको शान्तिसुरक्षामा सुधार भएपछि शान्ति सैनिक कटौती गरिएको छ । लाइबेरिया मिसन सशस्त्र प्रहरीको पहिलो एफपियू मिसन हो । त्यहाँ सशस्त्रले करिब १० वर्ष काम गर्‍यो ।

सशस्त्रको तीनवटा एफपियू मिसन रहेकोमा अब दुईवटा मात्र रहनेछन् । हाल सशस्त्रका दक्षिण सुडानमा दुईवटा एफपियू मिसन छ । एउटा मिसन दुई वर्षअघि लाइबेरियाबाटै स्थानान्तरण गरिएको हो भने गत वर्ष राष्ट्रसंघले अर्को मिसन सशस्त्र प्रहरीलाई थपेको थियो ।

लाइबेरिया मिसन कटौती भएको र त्यहाँ रहेका सामान ल्याउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी शैलेन्द्र खनालले बताए । लाइबेरियामा नेपाल प्रहरीका केही अधिकारी भने पर्यवेक्षकका रूपमा कार्यरत छन् । पर्यवेक्षकका रूपमा लाइबेरियामा कार्यरत नेपाल प्रहरी र सशस्त्र प्रहरीहरू पनि फर्किएपछि नयाँ जान पाउने छैनन् । नेपाल प्रहरीका एसएसपी पुष्कर कार्की र सशस्त्र प्रहरीका एसएसपी चन्द्रप्रकाश गौतम ग्लोबल भ्याकेन्सीमा प्रतिस्पर्धा गरी शान्ति मिसनमा पी ४ तहको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

नेपाल प्रहरीको हाइटी र सुडानमा दुईवटा एफपियू मिसन छन् । हाइटी मिसन भने बन्द हुने क्रममा छ । पुराना मिसन बन्द हुने र नयाँ मिसनमा जान नपाउँदा प्रहरी अधिकारीलाई शान्ति मिसनको अवसर कम हुँदै गएको छ । आकर्षक कमाइ हुने भएकाले सुरक्षा निकायमा राष्ट्रसंघीय शान्ति मिसनमा सहभागिता महत्त्वपूर्ण अवसर बन्दै आएको छ ।

वृत्ति विकास योजना बनाउन कार्यदल
सशस्त्र प्रहरी बलले प्रहरी कर्मचारीको वृत्ति विकास नीति बनाउन कार्यदल गठन गरेको छ । डिआइजी नारायणबाबु थापाको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलले प्रतिवेदन दिएपछि वृत्ति विकाससम्बन्धी नीति लागू गरिने सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी शैलेन्द्र खनालले बताए ।

सशस्त्रका अधिकारीहरूको करिअर अस्तव्यस्त भएको समाचार आएपछि कार्यदल गठन गरिएको हो । सशस्त्रमा वृत्ति विकास योजनाअनुसार दरबन्दीको संरचना नबनाउँदा १५ वर्षसम्म पनि बढुवा नहुने अवस्था सिर्जना भएको छ । यसले संगठनमा चरम निराशा छाएको थियो । अहिलेको दरबन्दीको संरचनाअनुसार इन्स्पेक्टरबाट भर्ना भएकाहरू एसपी तहबाटै अवकाश पाउने अवस्था छ । आजको नयाँ पत्रिका दैनिक

सम्बन्धित शिर्षकहरु