सिड्नी । म्याग्दी जलजला परिवारले अस्ट्रेलियामा सम्पन्न तृप्ती फाउण्डेशन कप पुरुष भलिबलकोे उपाधि जितेको छ । म्याग्दी सेवा समिति अस्ट्रेलियाको आयोजनामा भएको फाइनल खेलमा पश्चिम म्याग्दीको जलजला परिवारले बाग्लुङ कम्युनिटिमाथी ३–२ को रोमाञ्चक जित निकाल्दै उपाधि जितेको हो ।
अस्ट्रेलियाको सिड्नीस्थित म्यारिकभिलमा भएको दोश्रो संस्करणको फाईनलमा बाग्लुङ कम्युनिटीले पहिलो र दोश्रो सेट २५–२२ र २५–२१ ले जितेर २–० को अग्रता लिएको थियो । तर, जलजलाले उत्कृष्ट पुनरागमन गदै त्यसपछिको लगातार तीन सेट २६–२४,२५–१४ र १६–१४ ले जित्दै उपाधि माथी कब्जा जमाएको हो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी जलजलाका होम भण्डारी भएका थिए । त्यस्तै बेष्ट स्पाइकरमा बाग्लुङ अर्जुन अधिकारी चुनिए भने बेष्ट सेटरको उपाधि बाग्लुङकै लोक छन्त्यालले जिते । म्याग्दी सेवा समितिका अध्यक्ष हरि रामजालीले आफ्नी छोरी तृप्तीको नामबाट स्थापना गरेको प्रतियोगितामा ७ टिमको सहभागिता रहेको थियो ।
३ दिने प्रतियोगिताको बिजेता टिमले १ हजार ५ सय डलर,उपबिजेताले ८ सय डलर प्राप्त गरेका छन् । सर्वोकृष्ट खेलाडी र बिधागत उत्कृष्टले नगद सहित आकर्षक ट्रफि जिते ।








