नेपालको शानदार जित

 

ljZj lqms]6 lnu RoflDkog;LkcGtu{t g]kfn / gfldlaofaLrsf] bf];|f] v]ndf ;f]daf/ sLlt{k'/l:yt lqlj lqms]6 d}bfgdf g]kfnL v]nf8L . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ । नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिवियालाई आज तीन विकेटले पराजित गरेको छ ।

जितसँगै नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसीपको शीर्ष चारमा पर्ने आशा जीवितै राखेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३९ रनको स्कोर बनाएको थियो ।

दुई सय ४० रनको विजय लक्ष्यसाथ मैदानमा उत्रिएको नेपालले कप्तान पारस खड्काको शतकीय पारीको मद्दतबाट नामिवियालाई तीन विकेटले पराजित गरेको हो । नेपालले अन्तिम एक बल बाँकी छँदा लक्ष्य भेट्टाएको हो । नेपालले सात विकेट गुमाएर २४३ रन बनाएको थियो ।

नेपालको जितमा शरद भेषवाकरले अविजित ७४, विनोद भण्डारीले १२, ज्ञानेन्द्र मल्लले २२, नरेश बुढाऐरले ६, राजेश पुलामी मगरले एक र सागर पुनले दुई रनको योगदान दिए ।

नामिवियाका लागि कप्तान स्टेफन वार्डले अर्धशतकीय पारी खेल्दै ५१ तथा जेन ग्रिनले ४७ रन बनाए । त्यस्तै, सरेल बर्गरले अविजित ४३ तथा जेपी कोट्जेले ३२ रन जोडेपछि आज बलिङतर्फ नेपालले खराब सुरुवात ग¥यो ।

नेपालले पहिलो विकेटका लागि २०.४ ओभरसम्म कुर्नुप¥यो । नेपालका लागि सन्दीप लामिछानेले दुई, वसन्त रेग्मी र शक्ति गौचनले पनि समान दुई÷दुई विकेट लिए ।

त्यसैगरी, विकेटकिपर विनोद भण्डारीले एक क्याच र एक स्टम्पिङ गराए भने शरद भेषवाकर, कप्तान पारस खड्का, सुशन भारी र नरेश बुढाऐरले एक÷एकजना नामिबियाका खेलाडीलाई रन आउट गराए ।

प्रतियोगिताअन्तर्गत तेस्रो चरणको नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले शनिबार उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेटले पराजित गरेको थियो ।

सम्बन्धित शिर्षकहरु