वर्ष २०७२ ऐतिहासिक र महत्वपूर्ण : उपराष्ट्रपति पुन

UCPN-Maoist candidate for the Vice-Presidential election, Nanda Bahadur Pun, greets lawmakers before the voting begins at the Parliament building, in Kathmandu, on Saturday, October 31, 2015. Photo: RSS

वैशाख १  । काठमाडौँ, उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्ष २०७३ शुभारम्भको सुखद् अवसरमा राष्ट्रको निरन्तर समुन्नती, समृद्धिका साथै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा नयाँ उत्साह र उमङ्गसहित सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, सद्भाव, एकता, उत्तरोत्तर प्रगति एवम् समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

आज नयाँ बर्षको शुमकामना सन्देश दिँदै उनले लोकतान्त्रिक विधि र पद्धतिमार्फत संविधानसभाबाट नयाँ संविधान जारी भएकाले वर्ष २०७२ ऐतिहासिक र महत्वपूर्ण वर्षको रुपमा रहेको उल्लेख गरेका छन्।

२०७३ सालमा नयाँ संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र आर्थिक समाजिक रुपान्तरणसहितको समृद्धि, लोकतान्त्रिक गणतन्त्र संस्थागत र समानुपातिक समावेशी व्यवस्थाको व्यवहारिक कार्यान्वयन हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

सम्बन्धित शिर्षकहरु