असनेपाल न्युज सिड्नी । वहुचर्चित पुस्तक ‘विचार विम्ब ‘को अडियो पुस्तक तयार भएको छ । आधुनिक विज्ञान देखि अध्यात्म, योगवाद देखि भोगवाद , आस्तिक देखि नास्तिक , जीवन जिउने देखि मर्ने सम्मको कला का दर्शन हरू मन्थन गरिनु सो विशिष्ट पुस्तक ‘विचार विम्ब ‘अडियो बुक ‘को विषेशता हो । यस पुस्तकका लेखक डा चिन्ता मणि योगि हुनुहुन्छ भने पुस्तक वाचन तथा उत्पादन भीमसेन सापकोटा (आचार्य राज
न ) ले गर्नु भएको छ ।
सो ‘अडियो बुक ‘ उत्पादनका अन्य सहयोगीमा सिड्नी स्थित ट्रोय हर्स स्टुडियो , सहयोगि सुदीप कार्कि , सुमन सिवाकोटि हुनुहुन्छ । एक पटक सुन्नै पर्ने यस खंदिलो ‘अडियो पुस्तक ‘ ४ भागमा विभाजित र करिव छ घण्टा लामो रहेको छ उत्पादक ट्रोय हर्श स्टुडियो ले असनेपालन्युजलाई जनाएको छ ।
अस्ट्रेलिया बाट यसरी नेपाली पुस्तककको ‘अडियो सिडी ‘ उत्पादन हुनु सम्पूर्ण नेपाली साहित्यकै लागि खुशीको कुरा भएको अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदि बताउनु हुन्छ । सवारी चलाऊंदा चलाऊंदै देखि अन्य काम गर्दा गर्दै समेटा सुन्न सकिने यो अडियो पुस्तक को डिभिडी हाल नेपाल र अस्ट्रेलियामा उपलब्ध छ । अन्य देशका जिज्ञासुहरूले ‘युट्युब ‘एप्स ‘ तथा असनेपाल न्युज रेडियो मार्फत यसलाई सुन्न सक्नु हुने , बताईेएको छ ।
असनेपाल न्युज रेडियो मार्फत यो ‘अडियो बुक श्रवण गर्न यहाँं क्लिक गर्नुहोस्।
‘यू ट्युब ‘(You Tube) च्यानल मार्फत यो ‘अडियो बुक ‘श्रवण गर्न यहाँं क्लिक गर्नुहोस्।
आफ्नो कृतिलाई ‘अडियो बुक ‘बनाउन चाहनेहरूका लागि सुवर्ण अवसर । कुनै पनि पुस्तक लाई ‘अडियो बुक ‘ बनाउनका लागि हामीलाई संपर्क गर्नुहोस् । (Troy Horse Studio ,Sydney , Australia, E:fivedimensionvedic@yahoo.com,M:0434570379 )










