काठमाडौं । देशको मुख्य प्रशासनीक क्षेत्र सिहंदरबारभित्र धुम्रपान गर्नेलाई कडा कारवाही गर्ने गृहमन्त्रालयले जनाएको छ । गृहले सिहंदरबार परिसरभित्रका सम्पूर्ण क्यान्टीन तथा मन्त्रालय, तथा मातहतका कार्यालयलाई पत्र काटेरै धुम्रपान बिरुद्धको अभियानलाई सशक्त बनाउन निर्देशन दिएको हो ।
धुम्रपान सेवन गर्ने तथा विक्री बितरण गर्नेलाई कानुनी दायरामा ल्याउने भन्दै गृहले विज्ञप्ती मार्फत सचेत गराएको छ । त्यसका लागी सिंहदरबार क्षेत्रमा सादा पोसाकमा प्रहरी समेत खटाइएको छ ।







