लिचिको रुखबाट लडेर एक बृद्धाको मृत्यु

जेठ १७ । बुटवल,लिचिको रुखबाट लडेर ६० बर्षिया बृद्धाको मृत्यु भएको छ । बुटवल – ११ राजमार्ग चौराहामा बस्ने डम्बरदेब ढकालको लिचिको बोटबाट लडेर ज्यान गएको हो । अत्याधिक गर्मीका कारण निद्रा नलागेपछि शनिबार राति साढे १२ बजे ढकाल छट्पटिदै आफ्नै घरमा रहेको लिचिको रुखमा चढ्नु भएको थियो । रुखबाट लडेर उहा चिच्याएपछि परिवारले थाहा पाएका थिए । गम्भीर घाइते भएका उनको लुम्बिनी अञ्चल अस्पतालमा उपचारको क्रममा राति पौने दुई बजे निधन भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु