सिके राउत र चीनविरोध गतिविधि रोक्न सर्कुलर

Home-Ministry-640-e1438587376947काठमाडौं।सरकारले देश विखण्डनको नारा लिएर हिँडेका सिके राउत र चीनविरोधी गतिविधि रोक्न मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा सर्कुलर जारी गरेको छ ।
गृह मन्त्रालयले पत्र पठाउँदै यस्तो निर्देशन दिएको हो । तिब्बती धर्मगुरु तलाई लामाका समर्थकले चीनविरोधी गतिविधि गर्नसक्ने आशंकामा गृह मन्त्रालयले त्यस्ता गतिविधि हुन नदिने सर्कुलर जारी गरेको हो ।

विशेष गरी बौद्ध स्तुपा र गुम्बा रहेको जिल्लामा गृहले विशेष रुपमा चनाखो हुन सम्बन्धित प्रशासनलाई निर्देशन दिएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा यो समाचार छ ।

गृहका प्रवक्ता सहसचिव यादवप्रसाद कोइरालाले भने, ‘राज्य विप्लवको समेत मुद्दा खेपिसकेका राउत र तिब्बती गतिविधि नियन्त्रण गर्न मुलुकभर सर्कुलर जारी भएको हो ।’

सम्बन्धित शिर्षकहरु