काठमाडौं । पार्टीलाई प्रविधिमैत्री बनाउन नेपाली कांग्रेस निकट प्राविधिक विद्यार्थीहरुको समूहले ‘डिजिटल कांग्रेस’ अवधारणा सार्वजनिक गरेका छन् ।
आनन्दश्री न्यौपानेसहितका विद्यार्थीले राजधानीमा कार्यक्रम गरी ‘डिजिटल कांग्रेस’ एप विकास गर्ने जनाएका हुन् । पार्टीले अनुमति दिए तीन महिनाभित्रै प्रयोगमा ल्याउन सक्ने गरी एपको तयारी गरेको उक्त समूहले जानकारी दिएको छ ।
कांग्रेसको क्रियाशील सदस्यता नम्बरको आधारमा त्यसलाई प्रयोग गर्न सक्ने उनीहरुले दाबी गरेका छन् ।
क्रियाशील सदस्यता नविकरण, सदस्यसम्म पार्टीको सूचना र निर्देशनका साथै पार्टीका सबै तहका नेता कार्यकर्ताको जानकारी रहने गरी एप विकास गरिने न्यौपानेले बताए । समाचार आजको नागरिक दैनिकमा छ ।








