‘मलाई ऋतिकको खाँचो छैन’

मुम्बई । अभिनेत्री कंगना रनौतले आफुलाई प्रचार प्रसारका लागि ऋतिक रोशनको आवश्यकता नपर्ने बताएकी छिन् । ऋतिक कंगनाको विवाद बद्दै गएको बेला कंगनाले सस्तो प्रचारका लागि ऋतिकको जरुरी नभएको बताइन् ।

कंगनाले भनेकी छिन् ‘अहिले ऋतिक रोशन पब्लिसिटीका गर्न लागिपरेका छन्, उनलाई सेम्पेथी पनि आवश्यक छ ।’ कंगनाले भनेकि छिन् ‘तर, मलाई प्रचारका लागि ऋतिकसँग जोडिइरहन आवश्यक छैन ।’

एक टेलिभिजनलाई अन्तरवार्ता दिने क्रममा कंगनाले आफुलाई ‘सिली एक्स’ भनेको भन्दै ऋतिकले कंगनालाई चेतावनीयुक्त पत्र लेखेका थिए ।

साथै उनले कंगनाले आफुलाई पटक(पटक इमेल पठाएको भन्दै कंगनासंगको सम्बन्धवारे प्रष्ट पार्न कानुनी बाटो रोज्ने चेतावनी समेत दिएका थिए ।

ऋतिककै भनाई अनुसार कुनै वेला कंगानले दिन ५० वटासम्म इमेल पठाउँथिन र ऋतिकलाई कंगनाको इमेलले मानसिक तनाव दिन्थ्यो ।

ऋतीकको त्यही कुरा सुन्नेहरु प्रश्न गर्छन् दिनमा ५० वटा इमेल आउथ्यो भने अहिलेसम्म ऋतिक किन चुप लागेर बसे ?

कसरि सुरु भयो वार ?

गएको जनावरिको अन्त्यतिर एक टिभीमा अन्तरवार्ता दिने क्रममा कंगनालाई प्रश्न गरिएको थियो के तपाई ‘आशिकी-३’ वाट ऋतिकको कारण निकालिनु भएको हो?

कंगनाले जवाफमा भनिन् ‘अँ मैले पनि त्यही सुनेकी छु । मलाई थाह छैन सिली एक्स पार्टनर पब्लिसिटीका लागि किन यस्तो हर्कत गर्छन् । तर, म पुरानो कुरा दोहोर्‍याउन चाहन्न । जे हुनु भैसक्यो ।’

कंगनाको कुरा सुने लगत्तै ऋतिक कंगनासँग रिसाए भने उनले कंगनालाई धम्क्याउँदै पत्र समेत लेखेका थिए ।

सम्बन्धित शिर्षकहरु