जेल परेका श्रीमान छुटाउन बालिका अपहरण

चैत ४ । काठमाडौं, बिहे गरेको तेस्रो दिन नै श्रीमान जेल परेपछि छुटाउन एक युवतीले आफ्नै मालिकको बच्च अपहरण गरेकी छिन् । काभ्रे सिमथली घर भइ हाल ललितपुर बालकुमारी बस्ने २० वर्षिया विनिता बास्कोटा (भण्डारी) ले ८ वर्षिया बालिकाको अपहरण गरेकी हुन ।

घटनाको भोलिपल्टै प्रहरीले बच्चाको उद्धार गरी विनिता र उनका सहयोगीलाई पक्रउ गरेको छ । गत सोमबार दिउँसो उनले आफ्नै मालिक बलराम पाण्डेकी ८ वर्षिया छोरी सम्झना पाण्डेको अपहरण गरेकी हुन ।

बाच्चलाई गोस्ट हाउसमा बन्धक बनाएर पाँच लाख फिरौती माग्ने योजना उनीहरुको थियो । तर फिरौती माग्नै नपाई ललितपुर प्रहरीले उद्धार गरि विनिता बास्कोटा र भीमसेन भण्डारीलाई पक्राउ गरिएको महानगरिय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पीताम्बर अधिकारीले बताए । आजको नयाँ पत्रिकामा समाचार छ ।

सम्बन्धित शिर्षकहरु