काठमाडौं नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मत गणना सकिएको छ । केहीबेरअघि सकिएको मतगणनामा शेखर कोइरालाले सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन् ।
त्यसैगरी खुमबहादुर खड्का र प्रकाशमान सिंहले क्रमशः दोस्रो र तेस्रो बढी मत पाएका छन् । निर्वाचित अधिकांश पुरानै अनुहारका रहेका छन् ।
खुलातर्फको केन्द्रीय सदस्यमा रमेश
लेखक, विश्वप्रकाश शर्मा नयाँ अनुहारका हुन् । यसैगरी प्रदीप पौडेल पनि नयाँ अनुहारका रुपमा देखिएका छन् । उनी यसअघि मनोनित केन्द्रीय सदस्य बनेका थिए ।
विजयी हुने कांग्रेसका खुलातर्फका केन्द्रीय सदस्यहरु
१. शेखर कोइराला
२. खुमबहादुर खड्का
३. प्रकाशमान सिंह
४. कुलबहादुर गुरुङ
५. प्रदीप पौडेल
६. प्रदीप गिरी
७. धनराज गुरुङ
८. बालकृष्ण खाँड
९. रमेश लेखक
१०. पूर्णबहादुर खड्का
११. महेश आचार्य
१२. बलबहादुर केसी
१३. विमलेन्द्र निधि
१४. डा. रामशरण महत
१५. सुजाता कोइराला
१६. विश्वप्रकाश शर्मा
१७. शंकर भण्डारी
१८. एनपी साउद
१९. बद्री पाण्डे
२०. गोपालमान श्रेष्ठ
२१. ज्ञानेन्द्रबहादुर कार्की
२२. चन्द्र भण्डारी
२३. डा. प्रकाशशरण महत
२४. डा. नारायण खड्का
२५. डा. मिनेन्द्र रिजाल








