भदौ २४। काठमाडौँ, नेपालसँग सीमा जोडिएको भारतीय राज्य विहारका मुख्यमन्त्री नीतीश कुमारले नेपालका भूकम्प पीडितहरूका लागि सहयोगस्वरूप भारू १४ करोड ४९ लाख (२३ करोड ५० लाख ६० हजार रुपैयाँं सहयोग गर्ने भएका छन् ।
मुख्यमन्त्री नीतीशको कार्यालयले बुधबार अपराह्न जारी गरेको बक्तव्य उद्धृत् गर्दै प्रेस ट्रष्ट अफ इण्डियाले जनाएअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका भूकम्प पीडितका लागि स्थापना गरेको कोष मार्फत मुख्मन्त्री नीतीशले १४ करोड ४९ लाख ४२ हजार पाँच सय ५२ पठाएका छन् । भारतीय प्रधानमन्त्री कार्यालयका प्रिन्सिपल सेक्रेटरीलाई उक्त रकम नेपालका भूकम्प पीडितका लागि जम्मा गरिदिन अनुरोध गरिएको बक्तव्यमा उल्लेख छ । समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।








