ललितपुर । नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको खुल्ला २५ तर्फको मतगणना भइरहेको छ ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा जारी मतगणनामा ९ सय ३ सम्मको गणना सकिदा खुम बहादुर खड्का सर्वाधिक ४ सय ७१ मतसहित अग्रस्थानमा छन् ।
उनलाई पछ्याउदै डा. शेखर कोइरालाले ४ सय ६९, प्रकाशमान सिंहले ४ सय ६७, प्रदीप पौडेलले ४ सय ६० र रमेश लेखकले ४ सय ४७ मत प्राप्त गरेका छन्।
त्यस्तै पूर्णबहादुर खड्का ४ सय ४५ , विमलेन्द्र निधी ४ सय ४२ , बालकृष्ण खाँड ४ सय २९ ,प्रदीप गिरी ४ सय २८ र महेश आचार्य ४ सय २७ मतसहित अग्रस्थानको १० जनाभित्र छन्।
खुला केन्द्रीय सदस्य तर्फको मतगणना विभिन्न तीन स्थानमा र आरक्षणतर्फको दुई स्थानमा राखेर मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ ।
समितिले आरक्षणतर्फको २१ वटा पदको नतिजा आज बेलुकीसम्म प्रकाशन गर्ने तयारी गरेको छ । प्रदेशबाट निर्वाचित हुने १४ केन्द्रीय सदस्यको पनि मतगणना भइरहेको छ ।
दलित खुला ३, दलित महिला २ (२००० मत गन्दा)
जीवन परिवार ९५७
मानबहादुर विक ८८६
मिन विक ८३५
मानबहादुर नेपाली ५७९
प्रकाश स्नेही ५७६
शम्भु हजरा दुषा ५२७
दलित महिलातर्फ
लक्ष्मी परियार ९६१
सुजाता परियार ९५९
कविता सरदार ७२६








