यसकारण पुगिन् प्रिया प्रकाश सर्वोच्च अदालत

एजेन्सी । मल्यालम फिल्मको एउटा गीतबाट सामाजिक सञ्जालमा छाएकी अभिनेत्री प्रिया प्रकाश वारियर सर्वोच्च अदालत पुगेकी छिन् । भारतीय अखवार टाइम्स अफ इन्डियामा प्रकाशित खबर अनुसार मुस्लिमहरुको भावनालाई आहत पुर्‍याएको कारण आफुविरुद्ध दर्ता भएको उजूरीलाई खारेज गराउन प्रिया सोमबार सर्वोच्च अदालतमा मुद्दा दायर गर्न पुगेकी थिइन् ।

सामाजिक सञ्जालहरुमा भाइरल भएको उक्त भिडियोलाई हालसम्म ३ करोड ४० लाख मानिसहरुले हेरिसेका छन् ।

सम्बन्धित शिर्षकहरु